मंसिर २२ गते लगनगाँठो कस्दै श्वेता खड्का, को हुन् बेहुला ?
काठमाडाैं, १८ मंसिर । नायिका श्वेता खड्काले विवाह गर्ने भएकी छन् । यहीँ मंसिर २२ गते श्वेताले बिहे गर्ने पक्का भएको छ । उनले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् ।
बिहेका लागि निम्तो कार्ड समेत नजिकका आफन्त र साथीभाइलाई बाँडिएको छ । बिहे गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ ।
विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेका छन् । नायिका स्वेता खड्का चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् ।
श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको वि.सं २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो ।