ह्वात्तै बढ्यो सुनको मूल्य
काठमाडौँ, १८ मंसिर । स्थानीय बजारमा बिहीबार सुनको मूल्यमा वृद्धि भएकाे छ । आज सुनकाे मूल्य प्रतितोला रु एक हजार ६०० ले उकालो लागे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बुधबारका तुलनामा आज छापावाला सुन प्रतितोला रु एक हजार ६०० ले वृद्धि भई रु ९२ हजार ६०० मा कारोवार भएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९१ हजारमा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन पनि तोलामा रु एक हजार ६०० ले नै वृद्धि भएको महासंघले जनाएकाे छ ।
प्रतितोला रु ९० हजार ५५० मा बुधबार कारोवार भएको तेजाबी सुन आज प्रतितोला रु ९२ हजार १५० मा खरीदबिक्री हुने गरी मूल्य निर्धारण गरिएको छ ।
यस्तै चाँदीको मूल्य प्रतितोला रु २० ले वृद्धि भएको छ । प्रतितोला रु एक हजार १८५ मा बुधबार कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २०५ मा खरीदबिक्री भएको छ ।