पछिल्लो चौबीस घण्टामा १३ कोरोना संक्रमितको मृत्यु, थपिए १३४३ संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका कारण १३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा १३ कोरोना संक्रमितको मृत्यु भएको हो ।हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५५१ पुगेको छ ।
त्यस्तै,यो अवधीमा १ हजार ३४३ कोरोना संक्रमित थपिएका छन् । बिहीबार ९ हजार २८९ जनाको पीसीआर परिक्षण गरिएको थियो ।यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ ।
पछिल्लो २४ घण्टाको अवधीमा २ हजार १११ कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख २० हजार २७२ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयले उल्लेख गरेको छ ।
हाल सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ पुगेको छ ।