डोटी अस्पतालबाट भागेका किशोर १० घण्टा पछी समातिए
धनगढी । राति १० बजे फरार भएका १६ वर्षीय राजेन्द्र बोहरा समातिएका छन् । पुर्बिचौकी गाउँपालिकामा उनी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
पूर्वी चौकी गाउँपालिका स्थित शान्तिनगर जङ्गलमा लुकिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख जनकराज पाण्डेले बताए ।
अस्पतालमा युवकको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई तत्काल निलम्बन गरेर थप छानबिन गरिने प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले बताए ।
अस्पतालमा खटिएका प्रहरीको लापरबाहीका कारण किशोर फरार भएपछि प्रहरी सक्रियताकै कारण उनलाई समयमै पक्राउ गरिएको उनले बताए ।