अनमोल केसीको फिल्म ‘क्याप्टेन’ अब युट्युबमा (भिडियोसहित)
२०७७ मंसिर १९
काठमाडाैं, १९ मंसिर । अभिनेता अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ युट्युबमा सार्वजनिक भएको छ । शुक्रबार उनकाे फिल्म युट्युबमा सार्वजनिक भएकाे हाे ।
फुटबलर बन्न एक युवकले गरेको संघर्ष तथा जीवनमा आउने उतार चढावलाई फिल्ममा चित्रण गरिएको छ । दिवाकर भट्टराईको निर्देशन र भुवन केसीको निर्माणमा बनेको फिल्ममा अनमोलको अपोजिटमा उपासना सिंह ठकुरी र प्रियंका एमभी छन् । फिल्मको कथा सामिप्यराज तिमल्सिनाले लेखेका हुन् ।
फिल्म २०७५ फागुन १७ गते देशभर रिलिज भएको थियो । फिल्ममा गाउँदेखि राष्ट्रिय स्तरको खेलाडी बन्न एउटा युवाले गरेको संघर्षको कथा प्रस्तुत गरिएको छ ।