नेकपा सचिवालय बैठक बस्दै
काठमाडौं, २० मंसिर । नेपाल कम्यूनिष्ट पार्टी, नेकपा सचिवालयको बैठक अहिले केही बेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।
आजको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्षम पुष्पकमल दाहाल प्रचण्डले यसअघि सचिवालय बैठकमा पेश गर्नुभएको छुट्टाछुट्टै दस्तावेजहरुमा छलफल हुने बताईएको छ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली पक्ष सचिवालय सदस्यहरु अध्यक्षहरुले पेश गरेका आ–आफ्ना दस्तावेजहरु फिर्ता गरेर दुबै अध्यक्षका तर्फबाट साझा प्रस्ताव पेश गरी छलफल गर्नुपर्ने पक्षमा हुनुहुन्छ । तर अध्यक्ष प्रचण्ड पक्षका नेताहरु भने दुबै दस्तावेजहरुमा छलफल गरी स्थायी कमिटी बैठकमा लैजाने अडानमा छन् ।
दुबै पक्षको अडानका कारण गत मंगलबार सचिवालयको औपचारिक बैठक नै नबसी आजलाई बोलाईएको हो ।