समुन्द्रमाथि चीनको ५५ किलोमिटर लामो पुल
काठमाडौं । विश्वका सम्पन्न र बिकसित देशमा अहिले प्रविधि र सम्पन्नतामा को अघि रहने भन्ने प्रतिस्पर्धा चलिरहेको छ । विश्वका शक्ति राष्ट्रहरु चीन, अमेरिका, जापान, जर्मनी, बेलायत लगायतका राष्ट्रहरुमा दिनहु ससांरलाई चकित पार्ने बिकास भइरहेको हुन्छ ।
यी सबै बिकसित राष्ट्रहरुमा ससांरलाई छक्क पार्ने बिकास गरिरहने राष्ट्र हो, चीन । भर्खरै मात्र चन्द्रमा अन्तरिक्ष यानको सफल अवतरण गराएर चीन आफ्नो सक्षमताको प्रमाण पुनः पेस गरेको छ ।
चीनले बेलाबेला ससांरलाई चकित पारिरहेको हुन्छ । त्यस्तै सबैलाई चकित पार्ने चीनको श्रृजना हो, समुन्द्रमाथि बनेको ५५ किलोमिटर लामो पुल ।
ससांरकै लामो समुन्द्रमा बनेको त्यो हो, “हङकङ–जुहाई–मकाउ ब्रीज” ।
हङकङ र मकाउलाई आधिकारिक रुपमा चीनको बिशेष प्रशासनिक क्षेत्रको रुपमा लिइन्छ । यी दुबै शहरलाई चीनको मुख्य भुभागसँग जोड्नको लागि यो ५५ किलोमिटर लामो हङकङ–जुहाई–मकाउ ब्रीज निर्माण गरिएको हो । यसले चीनका मुख्य शहर हङकङ, जुहाई र मकाउलाई जोडेको छ ।
यो पुल समुन्द्रमा बनेको लामो पुल भएर मात्रै बिशेष छैन । यो पुल निर्माण गर्दाको इन्जिनियरिङ, डिजाइन र सोचले पनि बिशेष छ , “हङकङ–जुहाई–मकाउ ब्रीज” । यो पुलमा ३ वटा केवल स्टेबल ब्रीज, मानव निर्मित ४ वटा आल्यान्डहरु रहेका छन् भने गाडी गुड्नका लागि समुन्द्रमूनि ६.७ किलोमिटर लामो टर्नल बनाइएको छ ।
समुन्द्रमाथि पुलमा गुडिरहेको गाडी टर्नल हुदै समुन्द्रमूनि गुड्छ र त्यहि टर्नलको अर्काे कुनामा समुन्द्रमाथि पुलमा निस्कन्छ । यसरी समुन्द्रमूनि बनेको टर्नलको लम्बाई ६.७ किलोमिटर लामो छ भने टर्नल समुन्द्रभन्दा ४६ मिटर तल गहिराइसम्म रहेको छ ।
यस पुलमा मुख्य पुल लम्बाई २२.९ किलोमिटर, ६.७ किलोमिटर समुन्द्रमूनि बनेको टर्नल रहेको छ भने पुलमा जोडिनका लागि हङकङतर्फबाट १२ किलेमिटर र जुहाईतर्फ १३.४ किलोमिटर लिङक रोड बनाइएको छ ।
१८.८ बिलियन अमेरिकि डलर अर्थात् २२ खर्ब ७ अर्ब ९० करोड ७७ लाख २२ हजार रुपैयाँ लगातमा बनेको यो आधुनिक इन्जिनियरिङ ज्वलन्त उदाहरण हो ।
२००९ डिसेम्बर १५ मा बनाउन सुरु गरेको यो पुलको निर्माण कार्य २०१८ फेब्रेअरी ६ सकिएको थियो । जनवादि गणतन्त्र चीनका राष्ट्र सि चिन फिङले उद्घाटन गरे यो पुल नागरिकका लागि २०१८ अक्टोबर २४ मा खुल्ला गरिएको थियो ।
२०१८ पुलको निर्माण सम्पन्न हुदाँसम्म त्यहाँ १९ जना कामदारले ज्यान गुमाएका थिए । यो पुलको डिजाइन १२० बर्षसम्म टिक्ने गरि गरिएको बताइन्छ ।
यस पुलको निर्माणले पर्ल रिभर डेल्टा छेउ भएर हङकङ, जुहाई र मकाउमा बस्ने ठुलो नागरिकको सङख्यालाई निकै फाइदा पुगेको छ । नागरिकहरुलाई एक ठाँउबाट अर्काे ठाँउमा पुग्ने यात्रालाई छोटो बनाउनुका साथै यस पुलले व्यापारिक सम्भाव्यता थप बढाएको छ । साथै यो पुल बिकास, प्रविधि र इन्जिनियरिङको दरिलो उदाहरण रुपमा साबित भएको छ ।
