महिलाहरूले आफुमा कुरा लुकाएर राख्न सक्दैनन्
एजेन्सी , असार १९ । महिलाहरूले कहिले पनि केहि कुराहरु आफैँमा सिमित राख्न सक्दैनन् ।
महिलाहरूमा अरुको गोप्य कुराहरू जान्ने उत्सुकता पनि अलि बढी हुने गर्छ । उनीहरू आफन्त, छिमेकी देखि लिएर आफ्ना आसपासका मानिसहरूको सानो भन्दा सानो कुरामा पनि निकै चासो राख्ने गर्छन् । यो कुराको फाइदा धेरैले समेत उठाउने गरेको पाइन्छ ।
महिलाहरू पुरुषको तुलनामा धेरै इमोशनल हुने हुदा महिलाहरू पुरुषको तुलनामा धेरै अगाडी आफ्नो मनको भावाना पोख्ने गर्छन् । विभिन्न अनुशन्धानका अनुसार महिलाहरू छिट्टै अरुलाई विश्वास गर्ने हुदा आफ्नो कुराहरू वा आफुले अरुबाट सुनेका कुराहरु सजिलै अरुलाई भन्ने गरेको पाइएको हुन्छ ।
केहि कुरा लुकाउन खोजेको बेलामा महिलाहरूले आफूले लुकाएको कसलाई सुनाउ कसलाई सुनाउ हुन्छ । केहि कुरा लुकाएर बसे, वा नयाँ कुरा थाहापाएर कसैलाई भन्न नसकेमा उनिहरूलाई त्यो कुरा बोझ जस्तै लग्न थाल्छ । साथै उनीहरूको दिमाग भारी भएर दिमागले पनि काम गर्न छोड्ने गर्छ । उक्त बोझबाट छुटकारा पाउनका लागि नै महिलाहरू कोही न कोही आफ्नो साथी वा मिल्ने कसैलाई कुरा सुनाउने गर्छन् । यसरी एक आपसमा कुरा फैलिदै जादा कुराहरू मिसिएर अर्कै अर्थ समेत लागिरहेको हुन्छ ।