फोनलाई यसरि छिटो चार्ज गर्नुहोस्
काठमान्डौ, ५ असार। लकडाउनको बेलामा समय कटाउनका लागि सबैभन्दा आवश्यक बस्तु बनेको छ मोवाइल । अहिने समय कटाउनका लागि मानिसहरू मोवाइल बिना एकछिन पनि बस्न नसक्ने भएका छन् । धेरै समय मोबाइल चलाईरहने हुदा मोबाइलको चार्ज पनि छिट्टै सकिने हुन्छ । मोबाइलको ब्याट्री सकिदा चार्ज गर्न केही समय कुर्न पर्ने हुदा मानिसहरू चार्ज गर्दै समेत फोन चलाइरहेका छन् तर, यसो गर्दा फोन बिग्रिने सम्भावना रहन्छ ।
एकै पटकमा मोबाइलको ब्याट्री फुल चार्ज गर्न नसकिए पनि केही समय छिटो चार्ज गर्न सकिन्छ । फोनलाई फ्लाइट मोड अथवा अफ गरेर चार्जमा राख्दा छिटो चार्ज हुन्छ । फोन अफ गर्दा वा फ्लाइट मोडमा राखेको बेला कल, इन्टरनेट ब्राउजिङ, जीपीएस तथा अनेकौ एपहरू बन्द हुने भएको कारणले फोन छिट्टो चार्ज हुन्छ ।
सबैको मोबाइलको चार्जर एकै प्रकारका हुँदैन । फोनको ओरिजनल चार्जर प्रयोग गरेर चार्ज गर्दा ब्याट्री धेरै टिक्नुका साथै फोन सुरक्षित पनि रहेन्छ । अर्को फोनको चार्जर प्रयोग गर्दा मोबाइल ढिलो चार्ज हुने गर्छ । फोनलाई युएसबी पोर्टबाट भन्दा पनि विजुलीबाट चार्ज गर्नु पर्छ । युएसबी पोर्टको तुलना अनुसार फोनलाई विजुलीबाट चार्ज गर्दा छिटो चार्ज हुन्छ ।
कहिले काहि फोनलाई धेरै चलाउदा फोन तात्ने गर्छ । फोन तात्दा ब्यट्रीको चार्ज पनि छिट्टै सकिन्छ र फोन बिग्रिने सम्भावना रहन्छ ।