नेकपा स्थायी कमिटी बैठक सकियो आर्को बैठक २८ गते बस्ने, केन्द्रीय कमिटी सर्यो
काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठक सम्पन्न भएको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठक केही बेरअघि सकिएको हो ।आजको स्थायी कमिटीको बैठकमा दुवै अध्यक्षले पेस गरेका राजीनितक प्रतिवेदनमाथि छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री ओलीले आफू बैठकमा उपस्थित हुन नसकेको भन्दै पत्र पठाएका थिए । उक्त पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले बाचन गरेका थिए । पत्रमा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावलाई औपचारिक रुपमा बैठकमा छलफल गर्न नसकिने उल्लेख गरेका थिए ।
आगामी स्थायी कमिटी बैठक २८ मंसिरमा बस्ने नेकपा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले केन्द्रीय समिति बैठक ५ पुसमा बस्नेसमेत जानकारी दिए ।