चीनमा कोइला खानीमा परी मृत्यु हुनेको संख्या २३ पुग्यो
एजेन्सी । चीनमा कोइला खानीमा भएको दुर्घटनामा परेर मृत्यु हुनेको संख्या २३ पुगेको छ ।
चीनको चोकिङमा रहेको एक कोइला खानीमा अधिक मात्रामा कार्बन मोनोअक्साइडको मात्रा रहेकोले ग्याँस विस्फोट भएको थियो । त्यस दुर्घटनामा परेर २३ जनाको ज्यान गएको थियो ।
दुर्घटनामा परेका अर्का एकजनालाई भने उद्धार गरेर बाहिर निकालिएको चिनियाँ संचार माध्यमले उल्लेख गरेका छन् । चीनको समाचार समिति सिन्ह्वाले दिएको समाचारमा शुक्रबार अपरान्ह पाँच बजेतिर सो खानीमा उक्त दुर्घटना भएको थियो सोे कोइला खानी करिब दुई महिना अघिदेखि बन्द गरिएको थियो ।
सरकारले तय गरेका सुरक्षाका मापदण्डहरु पूरा नगरेको भनेर उक्त कोइला खानी बन्द गरेकोमा हालैमात्र त्यसलाई सञ्चालनमा ल्याइएको थियो । सो दुर्घटना पश्चात खानीको पनि प्रहरीले अनुसन्धान गर्ने जनाइएको छ । चीनमा खानीभित्र यस प्रकारका दुःखद दुर्घटना हुनुलाई खानी सञ्चालन गर्ने उद्योग तथा कम्पनीको लापर्बाहीका रूपमा लिने गरिन्छ ।