हास्य कलाकार मनोज गजुरेल दोस्रोपल्ट वैवाहिक जीवनमा बाँधिदै
काठमाडाैं, २२ मंसिर । हास्य कलाकार मनोज गजुरेलले दोस्रो बिहे गर्ने भएका छन् । यसअघिकी पत्नी मीना ढकालसँग सम्बन्धबिच्छेद भएपछि गजुरेलले दोस्रो बिहे गर्न लागेका हुन् ।
दुई वर्षअघि हास्यकलाकार गजुरेलले पत्नी मीनासँग सम्बन्धबिच्छेद गरेका थिए । २०५३ सालमा प्रेम विवाह गरेका यी जोडीको वैचारिक मतभेद आएपछि सम्बन्धबिच्छेदअघि केहीसमय अलग–अलग समेत बस्न थालेका थिए ।
गजुरेलको मीनाको एक छोरा र एक छोरी रहेका छन् भने दुवै गजुरेलसँगै बस्दै आएका छन् ।
‘मैले बिहे गर्ने निर्णय लिएको छु । अहिले केही आन्तरिक कुरा मिलाउन बाँकी रहेकाे छ । सबै विषय केही पछि मात्रै बताउन सक्छु,’ महिलातर्फको केही आन्तरिक कुरा मिलाउन बाँकी रहेकाले अहिले धेरै कुरा सार्वजनिक नगरिएको भएपनि छिट्टै बिहे गर्न योजना बनिसकेको बताइएको छ ।