आँबुखैरहनीदेखि दमौलीसम्मको ठेक्का चिनियाँ कम्पनीलाई
काठमाडौं । मुग्लिन-पोखरा सडकखण्ड विस्तार आयोजना अन्तरगतको मध्यखण्डको ठेक्का चिनियाँ कम्पनीले पाउने भएको छ ।
करिब ४१ किलोमिटर सडक विस्तारको जिम्मा चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले पाउने भएको हो । अन्तिम चरणमा प्रतिस्पर्धामा रहेका १० कम्पनीमध्येबाट कम रकम कबोल गरेको आधारमा यो कम्पनी छनोटमा परेको उपआयोजना निर्देशक राकेश महर्जनले जानकारी दिए ।
दमौली-पोखरामा खण्डको ठेक्का समझौता गर्न छनोट भएको कम्पनीको विवरण एसियाली विकास बैंक (एडीबी)मा पठाइएपनि अझै ‘नो अब्जेक्सन’ प्राप्त नभएको आयोजनाले जनाएको छ ।
मुग्लिन आँबुखैरहनी खण्डको भने अहिले पनि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउनेको काम चलिरहेको छ ।