बार्सिलोना र युभेन्टस भिड्दै, कसले मार्ला बाजी ?
काठमाडाैं, २३ मंसिर । युइएफए च्याम्पियन्स लिगमा आज राति इटालियन क्लब युभेन्टस र स्पेनिस क्लब बार्सिलोनाले खेल्दैछन् । समूह चरणको अन्तिम खेल बार्सिलोनाको मैदान क्याप नोउमा हुनेछ ।
यस खेलमा यस खेलमा युभेन्टस बार्सिलोनाविरुद्ध हारको बदला लिने दाउमा हुनेछ । भन्दा अगाडिको भेटमा बार्सिलोनाले युभेन्टसलाई उसैको मैदानमा २–० गोलले हराएको थियो । बार्सिलोना भने युभेन्टसविरुद्ध लगातार जित निकाल्ने दाउमा छ ।
यस खेलको हार–जितले दुवै टोलीलाई कुनै फरक पार्दैन । किनकि, युभेन्टस र बार्सिलोना दुवैले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन् । अपराजित रहेको बार्सिलोना शीर्ष स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गरेको हो भने युभेन्टस दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको हो ।
समूह ‘जी’ मा बार्सिलोना १५ अंकसहित शीर्ष स्थानमा रहँदा युभेन्टस १२ अंकसहित दोस्रो स्थानमा छ । आजको खेल बार्सिलोनाका कप्तान लियोनल मेस्सी तथा युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुईले दुई वर्षपछि पहिलोपटक एक–अर्काविरुद्ध खेल्न लागेका छन् ।
रोनाल्डोले अघिल्लो खेल खेलेका थिएनन् । कोरोना संक्रमण भइ उनी होम आइसोलेशनमा थिए । यस खेलमा दुवै उपलब्ध हुनेछन् ।