विवाह गरेलगत्तै श्वेताले भनिन् : अब एकल महिलाका लागि केही गर्छु
काठमाडाैं, २३ मंसिर । दोस्रोपटक विवाह बन्धनमा बाँधिएकी नायिका श्वेता खड्काले एकल महिलाका लागि केही गर्ने अठोट व्यक्त गरेकी छन् । सोमबार धनगढीका विजयेन्द्र सिंह रावतसँग लगनगाँठो कसेकी उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै एकल महिलाका लागि केही गर्ने सोचमा आफू रहेको बताएकी हुन् ।
यसअघि नायक श्रीकृष्ण श्रेष्ठसँग उनको विवाह भएको थियो। तर एक महिनापछि नै नायक श्रेष्ठको निधन भएको थियो। त्यसको ६ वर्षपछि नायिका खड्काले अर्काे जीवनसाथी रोजेकी हुन् ।
‘म थप सशक्त नारीका रूपमा तपाईंहरूका सामुन्ने प्रस्तुत हुनेछु,’ नायिका खड्काले फेसबुकमा लेखेकी छन्, ‘आगामी दिनमा एक महिलाको सशक्तीकरणमा केही गर्न पाए हुन्थ्यो भन्ने सोच छ। त्यसलाई साकार बनाउनका लागि म प्रयासरत रहनेछु।’
यस्तो छ उनले फेसबुकमा लेखेकाे स्टाटसः
अनत्वगोत्वा : मैले सिउँदोमा सिन्दुर भरें , हातमा सप्तरङ्गी चुरा लगाएँ अनी रङ्गिन पहिरन भित्र आफुलाई सजाएँ । मैले जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालें । मेरो यो यात्रामा मेरा सम्पुर्ण इष्टमित्र , आफन्तजन , गन्यमान्य ब्यक्तित्व , शुभचिन्तक लगाएत मलाई सँधै साथ र समर्थन गर्ने मेरा संचारकर्मी मित्रहरुको सुवेक्षा र आशिर्वादको खाँचो छ । मैले सुरु गरेको जिन्दगीको यो अर्को अध्यायमा अझै धेरै गर्न बाँकी छ । मैले नेपाली सिने जगतलाई मेरो शिरको सिन्दुर जस्तै अझै उच्च स्थानमा पुर्याउनु छ । निर्माणाधिन माझिटोललाई आज सँजिएको बिहेको मण्डप भन्दा पनि अझै सजाउनु छ । मैले थालेका ब्यावसायहरुलाई मेरो हातमा चम्किएका चुराहरु जस्तै चम्काउनु छ । मैले अझ धेरै काम गर्न बाँकी छ । थाती रहेका मेरा कार्यहरुमा थप उत्साह र उमंग बोकेर लागी पर्नेछु ।म थप शसक्त नारीको रुपमा तपाईहरुको सामुन्ने प्रस्तुत हुनेछु । आगामी दिनमा एकल महिलाको शसक्तिकरणमा केहि गर्न पाए हुन्थ्यो भन्ने सोच छ । त्यस्लाई साकार बनाउनको लागी म प्र यासरत रहनेछु । अत : मलाई तपाइहरु सम्पुर्णको साथ , साल्लाह , सुझावका साथै शुभ-आशिर्वादको आवस्यक्ता छ । हिजोका दिनमा भन्दा पनि आगामी दिनमा मैले सबैबाट अझ धेरै माया, सदभाव र साथ पाउने आशा बोकेकी छु ।
तपाईकी उहि छोरी /चेली
श्वेता खड्का