सर्वदलीय बैठक सुरु : संविधान विरोधीविरुद्ध एकजुट हुन प्रधानमन्त्रीको आह्वान
काठमाडौं, २३ मंसि। । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
बैठकमा सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधबकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री एवं महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुभाष नेम्वाङ सहभागी छन् ।
प्रधानमन्त्रीले बैठककाे शुरूमै सहभागी नेताज्यूहरूलाई स्वागत गर्दै आजकाे छलफल आयाेजना गर्नुपर्ने उद्देश्यमाथि प्रकाश पारेका छन् ।
उनले काेभिड- १९ काे नियन्त्रण, प्राप्त उपलब्धिहरूकाे रक्षा, संविधानविराेधी र हिंसात्मक गतिविधिहरूकाे विराेधमा एकजुट हुन सबैमा आग्रह गरेका छन् ।
छलफल जारी छ ।
सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, नेता कृष्णप्रसाद सिटौला र डाक्टर प्रकाशशरण महत सहभागी छन् । त्यस्तै बैठकमा संघीय समाजबादी पार्टीका तर्फबाट नेताहरु महन्थ ठाकुर र उपेन्द्र यादब सहभागी छन् ।