नेपालकै स्याटेलाइट राख्नका लागि नयाँ प्रक्रिया अघि बढ्ने
काठमाडौं, २३ मंसिर । नेपाल दुरसञ्चार प्राधिकरणले नेपालकै स्याटेलाइट राख्न २०७३ सालदेखि शुरु भएको प्रक्रिया खारेज गरेको जनाएको छ ।
शुरुआती चरणमा स्याटेलाइन राख्ने आह्वान गरिएको अन्तर्राष्ट्रिय आशयपत्रमा सबै जिम्मा एकै कम्पनीलाई दिने तयारी भएको थियो । तर पछिल्लो समय सरकारले स्याटेलाइट सम्बन्धी नीति नै बनाएपछि उक्त प्रक्रिया खारेज गर्नुपरेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल बताउँछन् ।
अन्तर्राष्ट्रिय टेलिकम युनियनले नेपालका लागि उपलब्ध गराएको १२३.३ पूर्वी देशान्तरको स्लटमा स्याटेलाइट राख्न अनुमति दिएको थियो ।
युनियनले छुट्टाएको स्लटमा स्याटेलाइट स्थापनाका लागि सञ्चार मन्त्रालयले गठन गरेको अध्ययन समितिले उक्त स्थानमा स्याटेलाइट स्थापना गर्न उपयुक्त नहुने तर्क राखेको थियो ।