वसन्तलाई दोहोरियो कोरोना संक्रमण
काठमाडाैं, २५ मंसिर। नेपाली क्रिकेट खेलाडी वसन्त रेग्मीलाई कोरोना भाइरसकाे संक्रमण दोहोरिएकाे छ ।
मंसिरको पहिलो साता परिवारका अरु सदस्यसँगै रेग्मीलाई पहिलो पटक कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि घरमै आइसोलेसन बसेका वसन्त राष्ट्रिय टिमको प्रशिक्षणका लागि काठमाडौं आएका थिए । तर फेरि कोरोना परीक्षण गर्दा उनकाे रिपोर्ट पोजिटिभ देखिएकाे हो ।
उनले सोमबार स्टार अस्पतालमा परिक्षण गर्दा पोजेटिभ आएको हो । जसका कारण उनी आइसोलेशनमा बसेका छन । दोस्रो पटक पनि कोरोना देखिएपछि उनी गौतमबुद्ध कप नखेल्ने भएका छन् । बसन्तले फेरि केहि दिनमा परीक्षण गर्ने भएका छन् ।
करिब एक वर्षदेखि राष्ट्रिय टिमबाहिर रहेका वसन्तलाई क्यानले बन्द प्रशिक्षणका लागि बोलाएको थियो । तर कोरोना पोजेटिभ आएपछि सहभागी हुन सकेका थिएनन् ।