स्वार्थ पूरा गर्न अरुको ज्यान लिने कार्य स्वीकार नहुने: प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्वार्थ पूरा गर्न अरुको ज्यानै लिने वा राष्ट्रका विभिन्न साझा सम्पत्ति र संरचनाहरू ध्वस्त पार्ने जस्ता असामाजिक र अमानवीय कार्य स्वीकार्य नहुने बताउनु भएको छ ।
प्रधानमन्त्री ओलील विश्व मानव अधिकार दिवसका अवसरमा बिहीबार शुभकामना दिँदैे यस्ता असामाजिक र अमानवीय कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनु भएको हो ।
ओलीले जनताबाट प्राप्त हुने सुझाव, टिप्पणी र स्वस्थ आलोचना सरकारका लागि मार्गदर्शक हुने तथा नागरिकको सार्वभौम हकलाई नेपाल सरकार सदैव उच्च सम्मान गर्ने बताउनु भएको छ ।
त्यस्तै लोकतन्त्रको अपरिहार्य अंगका रूपमा रहेका प्रतिपक्षी दल, सञ्चार माध्यम र नागरिक समाजको रचनात्मक आलोचनाको नेपाल सरकार हमेशा स्वागत गर्ने बताउनु भएको छ ।
यस्तै प्रधानमन्त्री ओलीले कोभिड १९ को खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न र सबै नागरिकको पहुँचमा पु¥याउन नेपाल सरकारले आवश्यक गृहकार्य गरिरहेको समेत बताउनु भयो ।