नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ९९ जनामा कोरोना संक्रमण, १५ को मृत्यु
काठमान्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरमा ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ । शनिबार देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६ सय ७३ रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ५९ जना निको भएर घर फर्केका छन् । यस सँगै निको हुनेको संख्या २ लाख ३१ हजार २ सय ३१ पुगेको छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमितको निधन भएको जानकारी दिएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६सय ८९ पुगेको छ ।