ललिलपुर महानगरपालिका क्षेत्रमा पर्चा पम्प्लेट होडिङबोर्ड प्रतिवन्ध
काठमाडौं । शहर कुरूप भएको भन्दै आइतबारबाट नगर सचेतना अभियान सञ्चालन गरेर ललितपुर महानगरपालिकाले पर्चा, पम्प्लेट टाँस्न र होडिङबोर्ड राख्न प्रतिबन्ध लगाएको छ।
सचेतना अभियान कार्यक्रमको शुभारम्भ गर्दै महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले कसैले महानगरपालिकाभित्र अटेर गरेर पर्चा पम्प्लेट टाँसेको पाइएमा कारबाही गर्ने समेत चेतावनी दिनु भयो ।
अब कुनैपनि व्यक्ति वा संघसंस्थाहरुले पर्चा, पम्लेट, ब्यानर टाँस्ने वा झुण्ड्याउन पाउने छैनन्। जथाभावी सार्वजनिक ठाउँमा फोहोर फाल्ने व्यक्ति, पसल राख्ने, सवारी साधन पार्किङ्ग गर्नेलाई पनि कानुनी कारबाही गर्ने महर्जनले बताउनु भएको छ ।