भेनेजुएलामा डुङ्गा दुर्घटना हुदा १४ को मृत्यु, कयौ बेपत्ता
काठमाडौं । त्रिनिदाद र टोबागोका लागि प्रवासी बोकेका एक डुङ्गा दुर्घटना हुँदा १४ व्यक्तिको मृत्यु भएको भेनेजुएला सरकारले जनाएको छ ।
भेनुजुएला सरकारले प्रकाशित गरेको एक विज्ञप्तिमा ११ वटा शव तटीय गार्डले शनिबार दिउसो फेला पारेको जनाइएको छ । आज पनि दुई वयस्क र एक महिलाको शव भेटिएको र यसैसँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको हो ।
त्रिनिदादियन तटरक्षक दलले शनिबार भेनेजुएलाका अधिकारीहरूलाई भेनेजुएलाको तटीय शहर गुइरियाको नजिकैको पानीमा ११ जनाको लास फेला परेको जनाइएको छ । एक प्रहरीले दिएको प्रतिवेदन अनुसार शवहरु गह्रौं छालबाट आफूलाई बचाउने क्रममा जोडिएका जस्तो देखिएको छ । सन् २०१८ र २०१९ गुरिआबाट त्रिनिदादको खतरनाक यात्राको क्रममा करिब १०० व्यक्ति बेपत्ता भएका जनाइएको छ ।