गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा तथा संघीयता र भ्रष्टाचारको विरोधमा राजमोको संघर्ष
काठमाडौं । गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा तथा संघीयता र भ्रष्टाचारको विरोध गर्दै राष्ट्रिय जनमोर्चाले आगामी पुस १० गतेसम्म स्थानीय तहमा संघर्षका कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सोमबार एक वक्तव्य जारी गर्दै गत मंसिर २५ गते देशव्यापीरुपमा गरेको विरोधका कार्यक्रम सबै जिल्लामा भव्यरुपमा सम्पन्न भएको पनि जनाउनु भएको छ ।
उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोमा राष्ट्रिय जनमोर्चाले आफ्ना जिल्ला समितिहरु, कार्यकर्ताहरुलाई धन्यवाद दिदैँ अध्यक्ष केसीले जारी गरेको वक्तव्यमा आगामी पौष १० गतेसम्म स्थानीय स्तरमा संघर्षका कार्यक्रम सञ्चालन गर्ने र ती कार्यक्रमहरुलाई भव्यरुपमा सफल पार्न सम्पूर्ण जनता समक्ष अपिल गरिएको छ ।