रइसमा फगत शाहरूखको स्टारडम
गोकर्ण गौतम, फिल्म समिक्षा ।
ह्याप्पी न्यु इयर यता बलिउडका बादशाह शाहरूख खानका फिल्मले न यथेष्ट दाम कमाएका छन्, न दर्शकको माया नै । दिलवाले र फ्यानपछि यही कोटीमा मिसिन आइपुगेको छ, रइस । फिल्मलाई राहुल धोलाकियाले निर्देशन गरेका हुन्, जसमा शाहरूखलाई गुजरातका नामुद रक्सी माफियाका रूपमा देख्न पाइन्छ । यसको कथा कुख्यात अपराधी अब्दुल लतिफको जीवनमा आधारित भनिए पनि निर्मँण पक्षले ‘पूर्ण काल्पनिक’ भएको दाबी गरेको छ । संवाद भने चोटिलो छ ।
गरिब परिवारमा हुर्किएको रइस ९शाहरूख० बच्चैदेखि रक्सीको धन्दामा संलग्न हुन्छ । उसको स्कुल ब्यागमा किताब होइन, रक्सीको बोतल हुन्छ । जवान भएपछि उसलाई आफैँ धन्दाको मालिक बन्ने हुटहुटी चल्छ । उसको धन्दा सबैभन्दा अगाडि भएकै बेला प्रहरी अधिकृत मजुम्दार ९नवाजद्दिन सिद्धिकी० गुजरातमा खटिन्छिन् । निष्ठावान् मजुम्दार जसरी पनि रक्सीको माफियालाई सिधाउने अभियानमा सक्रिय भएकै बेला रइस संकटमा फस्छन् । स्थानीय चुनाव पनि जितिसकेको रइस एसपी मजुम्दारको पन्जाबाट उम्केलान् त रु क्लाइमेक्स यसकै वरपर घुमेको छ ।
सन् ८० को दशकको कथा हो रइस । पात्रहरूको भेषभूषा, बोल्ने शैली, गाडीको आकृतिलगायतका पक्षबाट तत्कालीन समयको झल्को हुन्छ । तर कथामा जुन रोचकता चाहिने हो, त्यो सुरुबाटै गडबड भएको छ । रइसको बाल्यकालमा खिचिएका दृश्य आफैँमा सशक्त छन् तर त्यसलाई आत्मसात् गर्न नपाउँदै निर्देशक उनलाई जवानका रूपमा देखाउन हतारिएका छन् । भर्खर नाचिरहेकी रइस पत्नी आशिया ९माहिरा खान०को काखमा एक्कासि बच्चा देखिन्छ । न उनीहरूको रइस र माहिराकै सम्बन्धलाई आत्मीय रूपमा पर्दामा पस्किएको नै छ ।
क्राइम–थ्रिलर विधाको भएपछि हरेक दृश्यमा कौतूहल थप्नु निर्देशकको मुख्य जिम्मेवारी र धर्म हुन्छ । यसो हुँदा कथा र पात्रतिर दर्शक तानिन्छन्, तर विडम्बना † यसका लागि निर्देशकले कुनै विशेष ‘ट्रिटमेन्ट’ गरेका छैनन्, सिर्फ शाहरूखको स्टारडममा भर परेका छन् । ‘ब्याट्री’ भन्नासाथ शाहरूखमा एकाएक देखिने आक्रोश र आवेग पनि विश्वसनीय लाग्दैन । रइसको रसायन न आशियासँग जर्बजस्त लाग्छ, न एसपी मजुम्दारसँग नै । शाहरूखले आफ्नो पात्रलाई जीवन्त बनाउन नवाजद्दिन जतिको ‘होमवर्क’ गरेको पनि महसुस हुन्न ।
मनोरञ्जनको पूर्ण प्याकेजका रूपमा रइसको पूर्ण प्याकेजका रूपमा रइसको प्रमोसन गरिएको थियो ।
रक्सी आफैँमा बिकाउ विषय भइहाल्यो । त्यसमाथि सन्नी लियोनको आइटम डान्स । तर कथालाई मार्मिक र विश्वसनीय बनाउन मात्र होइन, सन्नीको कामुकतालाई ‘क्यास’ गर्न पनि निर्देशक चुकेको भान हुन्छ । माथि गोली हानाहान भइरहेको हुन्छ, तल सन्नी मस्त नाचिरहेकी हुन्छिन् । रइस र आशियाको मनमुटाव परेको मिनेट बित्न नपाउँदै रोमान्टिक गीत घुसाइएको छ । यस्ता बेमेल दृश्यको चाङ छ रइसमा । तत्कालीन समयको अपराधको ‘नेक्सस’ बुन्न भने निर्देशक केही हदसम्म सफल भएका छन् ।
शाहरूखका अघिल्ला फिल्ममा झैँ मुखमा झुन्डिने खालका गीत पनि छैनन्, रइसमा । ‘जालीमा।।।’ भने तुलनात्मक रूपमा श्रृतिमधुर छ । सिनेमाटोग्राफी र सम्पादन पनि शाहरुखकेन्द्रित मात्र छ । तर संवाद यसको सशक्त पक्ष हो । धन्दाबारे रइसलाई आमाले सिकाएको कुरा अनि अपराधी भईकन पनि जनताप्रति रइसको प्रेम लोभलाग्दो छ । धर्म र धन्दालाई अलग राख्ने सोच प्रशंसनीय छ ।
खासमा रइस नायक र भिलियनको समिश्रण हो तर यही विपरीत व्यवहार र मनोविज्ञानलाई केन्द्रमा राखेर रइसको चरित्रचित्रण गरिएको छैन । शाहरूखको लुक्समा मात्र थोरै सही, नयाँपन आभास हुन्छ । नवाजद्दिनको चरित्र र अभिनय बलियो छ । पात्रको ‘डिटेलिङ’मा जाने शैलीलाई उनले यसपटक पनि पछ्याएका छन् । माहिराको सुन्दरता मन लोभिने भए पनि अभिनय औसत छ । शाहरूखको साथीका रूपमा देखिएका मुहम्मद अयुब र मालिक बनेका अतुल कुलकर्णिले सम्झनलायक काम गरेका छन् ।
कन्टेन्ट र कलात्मकताभन्दा स्टारडममा भर परेकाले रइस हेर्दा आँत भरिन्न ।