बिग बास खेल्न सन्दीप अस्ट्रेलिया प्रस्थान
काठमाडाैं, ३० मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य तथा लेग स्पीनर सन्दीप लामिछाने बिग बास लिग खेल्न अस्ट्रेलिया प्रस्थान गरेका छन् । सामाजिक सञ्जालमार्फत सन्दीपले आफू आज (मंगलबार) अस्ट्रेलियाको एडिलेड प्रस्थान गरेकाे जनाएका छन् ।
सन्दीपका व्यवस्थापक रमेश सिवाकोटीका अनुसार सन्दीप कतार एयरवेजमा बिहान ११ गते काठमाडौंबाट प्रस्थान गरेका हुन् । अब भोलि एडिलेट पुग्नेछन् र १४ दिन क्वारेन्टाइन बस्नेछन् । त्यसपछि मात्र उनी मैदान उत्रिनेछन् ।
अघिल्लो सिजन मेलबर्न स्टार्सबाट बिग बास खेलेका सन्दीपले यस सिजन होबार्ट हुरिकेन्सबाट खेल्दैछन् । नयाँ सिजनको बिग बास लिग आजबाट सुरु भइसकेको छ ।