आजदेखि पशुपति मन्दिर खुला, स्वास्थ्य मापदण्ड अनिवार्य
काठमाडौं। बिगत ६ महिना अगाडीदेखि बन्द रहेको पशुपति मन्दिर आजदेखि खुला भएको छ ।
कोरोना संक्रमण जोखिमका कारण नौ महिनादेखि बन्द रहेको पशुपति मन्दिर स्वास्थ्य मापदण्ड अपनाएर भक्तजनहरुका लागि आजदेखि खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । आजदेखि मन्दिर खुला गर्न हिजो क्षमापूजा गरिएको थियो ।
मन्दिर प्रवेश गर्ने दर्शनार्थीहरुले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने कोषले जनाएको छ । पहिलो चरणमा दर्शनार्थीहरुलाई पश्चिम ढोकाबाट प्रवेश दिइने छ भने त्यही ढोकाबाट बाहिरिने व्यवस्था गरिएको छ ।
दर्शनार्थीको लागि मन्दिर खोले पनि मन्दिरभित्र गरिने पूजापाठ र भजनकीर्तन भने तत्काल नहुने भएको छ । चैतपछि पशुपतिनाथमा भक्तजनले विशेष पूजा र दर्शन गर्न पाएका थिएनन् ।