क्रिष्टिना भन्छिन: सेक्स मानव जिवनको अभिन्न पाटो
काठमाडौं- कलाकी ‘क्रेजी’ हुन् क्रिष्टिना राई (२५) । मोडलिङ भनेको आफूभित्रको प्रतिभा प्रस्फुटन गर्नु हो भन्ने क्रिष्टिनाले करण मुखियाको ‘बाधा नगर…’ गीतको म्युजिक भिडियोमा अभिनय गर्दै डेब्यु गरेकी हुन् ।
एक दर्जन म्युजिक भिडियोमा छाइसके पनि आफूमा अझै निखार आउन बाँकी रहेको क्रिष्टिना बताउँछिन् । विशेषत: दयाहाङ राई र सौगात मल्लको अभिनयबाट प्रभावित क्रिष्टिना केही सिरियलमा समेत देखा परेकी छिन् ।
समय–परिस्थितिअनुरूप पहिरन लगाउन मन पराउने उनी प्राय: क्याजुअल वेयरमा ठाँटिएर हिँड्छिन् ।
नेपाली चलचित्रलाई असाध्यै माया गर्ने राई पहिलेको तुलनामा नेपाली चलचित्रको स्तर उक्सिएकाले आशावादी पनि छिन्, किनभने उनलाई पनि चलचित्रमा आउने इच्छा छ । चलचित्रको ‘अफर’को प्रतीक्षामा रहेकी क्रिष्टिना सेक्सलाई मानवजीवनको अभिन्न पाटो मान्छिन् ।