पुलिसलाई हराउदै न्युरोड टिम क्वार्टरफाईनलमा ।
झापा, १६ माघ । काठमाण्डौको न्युरोड टिम एनआटी / रमपम झापा गोल्डकप फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । १–० ले पछि परेको स्थितीलाई उल्ट्याउदै १० खेलाडीमा सिमित एनआरटीले विभागीय टिम पुलिसलाई २–१ ले पराजित गरेको छ ।
झापाको बिर्तामोडस्थित डोमालाल रंगशालामा निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समयको १४ औ मिनेटमा एनआरटीको राज पौडेलले निर्णायक गोल गरेका थिए । ३० औ मिनेटमा बिक्रम धिमालको गोलबाट पुलिसले खेलमा अग्रता लिएपनि दोस्रो हाफको इन्जुरी समयमा अशोक थापा मगरले खेल बराबरीमा ल्याएका थिए ।
एनआरटीका गोलकिपर अशोक थापा रातो कार्ड खादै मैदान बाहिरिएपछि न्युरोड टिम खेलको अन्तिम ११ मिनेट १० खेलाडीमा सिमित बनेको थियो । पुलिसले सेमिफाईनल प्रवेशका लागि मनाङ मस्र्याङदीसंग प्रतिस्पर्धा गर्नेछ ।