टेलिभिजनकर्मी आरती सम्मानित
काठमाण्डौ १६, माघ । शहीद दिवसका अवसरमा देशभक्त युवा समाजले विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुहुने व्यक्तित्वलाई सम्मान गरेको छ ।
नेपाली टेलिभिजनमा विभिन्न सामाजिक सरोकारका बिषयमा सशक्त र प्रभावकारी कार्यक्रम निर्माण गर्नुभएकी वरिष्ठ सञ्चारकर्मी आरती चटौत, कलाकार मदनदास श्रेष्ठ, नवल खड्का, अधिकारकर्मी इन्दिरा राना सहित झण्डै एक दर्जन विभिन्न क्षेत्रका व्यक्तित्वहरु रहेका छन् ।
नेपाली टेलिभिजनको क्षेत्रमा सामाजिक बिषयलाई अत्यन्तै सकारात्मक र प्राथमिकताका साथ उठाउने विशिष्ट दक्षता भएकी चटौत नेपाल टेलिभिजनकी उपनिर्देशक समेत हुन् ।
सम्मानित व्यक्तित्वहरुलाई पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष तथा राष्ट्रकवि माधनप्रसाद घिमिरेले सम्मान प्रदान गरेका हुन् ।
सोही अवसरमा माइतीघर मण्डलामा नेपालको सबैभन्दा ठूलो राष्ट्रिय झण्डा फराइएको थियो । १० मिटर अग्लो र साढे ७ मिटर चौडाईको उक्त झण्डाको वजन करिब ८ किलोग्रामको भएको आयोजक संस्थाले जनाएको छ ।