गायिका स्मृति पोख्रेलको नयाा म्युजिक भिडियो “बेकाबु“ सार्बजनिक गरिएको छ । पपस्टार उपनामले चर्चित गायिकाको यो भिडियो सम्पूर्ण रुपमा अस्ट्रेलियामा नै छायांकन गरिएको छ । उक्त म्युजिक भिडियोमा गायिका र बेलायती मोडल सामलाई रोमान्स गर्दै गरेको देख्न सकिन्छ ।
सार्बजनिक गीतमा गोबिन्द प्रशाद उपाध्यायको शब्द र अनिश श्रेष्ठको संगीत रहेको छ । पप स्टार ( २ एल्बममा समाहित उक्त गीतको भिडियो अष्ट्रेलियामा रहेर काम गर्दै आएका सुरेन श्रेष्ठले निर्देशन गरेका हुन । टेक बयलकोटीको छायाङ्कन रहेको उक्त भिडियोको सम्पादन प्रबिन श्रेष्ठ र उज्ज्वलले संयुक्त रुपमा गरेका छन् । हेर्नुस भिडियो :