कमल र रेश्माले धमाका मच्चाए
बांके- बांकेको खजुरामा संचालन भइरहेको महोत्सबमा पप गायक कमल खत्री र आधुनिक गायिका रेश्मा केसीले धमाका मच्चाएका छन ।
युवा पिडिहरुमा लोकप्रीय बनेका कमलले आधा दर्जन बढि गित गाएर माहोल तताए । कमलले आखांमा आखांमा …, आत्मामा लगाएतका गित गाएर उपस्थित दर्शकलाई नचाए ।
गायिका रेश्माले पनि आधा दर्जन जति गित गाइन । कालो टोपि कालो कोट लगाएकी गायिका रेश्माले युवापिडिलाई छमछमि नचाइन । दिनभरी घाम नलागेर मौसम चिसो भएको बेला दुबै कलाकारले महोत्सबमा गाएको गितले माहोल तताएको थियो । लाइभ दोहोरी बाट शुरु भएको महोत्सबमा स्थानिय तथा केन्द्रिय कलाकारले बेजोट प्रस्तुति दिएका थिए ।
महोत्सवमा कृषि उपजहरुको अवलोकन, सांस्कृतिक कार्यक्रमद्धारा मनोरन्जन र बोटिङ्गको पनि व्यवस्था गरीएको छ । महोत्सव माघ २२ गतेसम्म चल्ने छ ।