अन्तर्राष्ट्रिय झापाली समाजको संयोजकमा ओली
अष्ट्रेलिया-विश्वभर छरिएर रहेका झापालीहरुले पनि आफूलाई संगठित गर्ने जर्मको गर्दै अन्तर्राष्ट्रिय झापाली समाज तदर्थ समिति गठन गरेका छन्। समितीको संयोजक पदमा अष्ट्रेलियाका भवानी प्रसाद ओली सर्वसम्मत चयन भएका छन्।
झापाली समाज अष्ट्रेलिया, अमेरिका, जापान, कोरिया, हङकङ, कुबेत, इजरायल, युएइ, लक्जेम्बर्गलगायत १५ देशका अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको सम्पन्न पहिलो भेलाले ओलीको संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो।
झापाली समाज अस्ट्रेलियाका अध्यक्ष दीपक खानलले बिश्वभर छरिएर रहेका झापालीबिच पारस्परिक एकता र आपसी सदभाव कायम गर्दै जिल्लाको बिकासमा टेवा पुर्याउने उद्धेश्यका साथ यो समाज गठन गरिएको बताए।
अमेरिकाका प्रमोद सिटौला, कुमार झापाली (कुवेत), राजु थापा (कोरिया), तुलसी पाठक (जापान), खगेन्द्र सिटौला (अष्ट्रेलिया), बाल हरी राई (लक्जम्बर्ग), गणेश गौतम (इजरायल), दिनेश पोखरेल (अष्ट्रेलिया), दिपक खनाल (अष्ट्रेलिया), रूप राज मैनाली (अष्ट्रेलिया), साबित्रा लुइँटेल (इजरायल), रितु राज ढकाल (इजरायल), रोहित भण्डारी (युएई), छत्र सुब्बा (हङकङ), अर्जुन बहादुर बस्नेत (कुवेत), मणि सूबेदी (युएई), बिनोद कार्की (जापान), चुडामणि काफ्ले (जापान), रीना ओडारी (साईप्रस) लगायत उपस्थित प्रतिनिधिहरूले ओलीको संयोजकत्वमा कार्यसमिति निमार्णमा समर्थन गरेका थिए।
झापाली समाज अष्ट्रेलियाका सचिव रूप राज मैनालीले संचालन गरेका उक्त बैठकको सहजकर्तामा पूर्व अध्यक्ष दिनेश पोखरेल गरेका थिए भने बैठकको अध्यक्षता ज्येष्ठ ब्यक्तित्व तथा झापाली समाज अस्ट्रेलियाका अध्यक्ष दीपक खनालले गरेका थिए।