धनगढी प्रिमियर लिग क्रिकेटसंग जगदम्बाको सहकार्य
सर्वाधिक पुरस्कार राशीको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगितासंग जगशक्ति टीएमटी बारले सह प्रायोजकको सम्झौता गरेको छ ।
काठमाण्डौमा आज एक कार्यक्रमको आयोजना गरि आयोजक धनगढी क्रिकेट एकेडेमी र जगदम्बा इन्टरप्राईजेज प्रालिले सह प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।
सम्झौता अनुसार प्रतियोगिताका लागि जगदम्बा इन्टरप्राईजेजले ७ लाख रुपैया उपलब्ध गराउनेछ । सम्झौता पत्रमा आयोजक संस्थाका अध्यक्ष सुवास शाही र कम्पनीका प्रतिनिधी उदय प्रकाश मिश्रले हस्ताक्षर गरे । आगामी चैत ५ गतेदेखी सूरु हुने प्रतियोगितामा ६ फ्रेन्चाईज टोली सहभागि हुनेछन । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले ७ लाख रुपैया प्राप्त गर्नेछन ।