खानेपानीको समस्या छिट्टै समाधान हुन्छ : मन्त्री सिंह
माघ १९, काठमाण्डौ । खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले मुलुकमा देखा परेको खानेपानीको समस्या समाधान छिट्टै हुने बताउनुभएको छ ।
वसन्त पञ्चमीका अवसरमा राष्ट्रिय नागरिक सरोकार केन्द्र नेपाल तथा एकता सदन इङ्ग्लिसनले खानेपानीको अधिकारलाई मौलिक हकको रुपमा राखेकाले सरकार चााडो खानेपानीको समस्या समाधानमा जुटेको बताउदै उहाले भन्नुभयो, शिक्षा र खानेपानीको हकलाई मौलिक हकको रुपमा स्वीकार गरिएको छ, सरकार यो जिम्मेवारी पूरा गर्न प्रतिबद्ध छ । ”
बुद्धिजीवी देवेन्द्रराज शर्माले मुलुकको सामाजिक रुपान्तरणका लागि सही दिशानिर्देश गर्न सक्ने समुदाय विद्यार्थी भएकाले उनीहरुलाई उचित शिक्षा दिनुपर्ने बताउनुभयो । विद्यालयका प्राचार्य अर्जुनबहादुर अधिकारीले विद्यालयलाई शान्ति क्षेत्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिादै मुलुकमा गरिबी, बेरोजगारीलगायत समस्या समाधान गर्न शिक्षालाई उत्पादनसाग जोड्नुपर्ने बताउनुभयो ।