झापाको सेमिफाईनल यात्रामा मार्टिनको ह्याट्रिक
माघ १९, झापा । आयोजक झापा ११ दोश्रो रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । बिर्तामोडको डोमलाल रंगशालामा बुधबार सुदूर पश्चिम स्र्पोटस क्लबलाई ४–० ले हराउदै प्रतियोगिताको अन्तिम चारमा पुगेको हो ।
झापाको जितमा अजयी मार्टिन कयोडे ले ह्याट्रिक पुरा गरे भने अर्को गोल बुद्ध चेम्जोङले गरेका थिए । ३० औं मिनेटको पहिलो गोलमा नरेन्द्र लिम्बुको पासलाई सदुपयोग गरेका मार्टिनले ४७ औं मिनेटमा अर्को गोल गरे । दोस्रो गोल उनले दिलेन लोक्तानको पासमा गरेका हुन् । मार्टिनले खेल सकिन ६ मिनेटअघि अर्को गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । अर्को गोलमा पनि दिलेनकै पास गरेका थिए । त्यसअघि दोस्रो हाफको पहिलो मिनेटमा बुद्धले गोल गरेका थिए । मार्टिन खेलेको म्यान अफ दी म्याच घोषित भएर उनले ७ हजार रुपैयाा प्राप्त गरे ।
पहिलो खेलमा शेर क्लब कालेम्पुङ भारत माथि ५–० को सहज जितका साथ झापा अन्तिम आठमा पुगेको थियो । सुदुर पश्चिमले सोझै क्वार्टरफाइनलमा प्रवेश पाएको थियो । झापाले अघिल्लो महिना काकरभिट्टा गोल्डकप जितेको थियो ।