बार्सिलोना विजयी, मेस्सी र स्वारेज नायक
बार्सिलोना- स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना विजयी भएको छ ।
बार्सिलोनाले बुधबार राति भएको खेलमा एथ्लेटिको मड्रिडलाई उसकै मैदानमा २–१ ले हराएको हो ।
बार्सिलोनाको जितमा लुइस स्वारेज र लियोनल मेस्सीले पहिलो हाफमा गरेको गोल निर्णायक बन्यो । स्वारेजले सातौं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाएका हुन् । ३३ औं मिनेटमा मेस्सीले अग्रता दोब्बर पारे । पहिलो हाफमा २–१ ले पछि परेको एथ्लेटिको मड्रिडका लागि ५९ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले एक गोल फर्काए ।
तर त्यो गोल हारबाट जोगिन पर्याप्त भएन । एन्टोनीको गोलले दोस्रो लेगमा राम्रो गरे फाइनलमा पुग्ने सम्भावना भने एथ्लेटिको मड्रिडलाई दिलाएको छ ।
दोस्रो लेग आउँदो मंगलबार बार्सिलोनाको मैदान नाउ क्याम्पमा हुनेछ । विजेताले एलाभेस र सेल्टा डि भिगोबिचको खेलको विजेतासँग खेल्नु पर्नेछ ।